पातरासीमा गाउँपालिका स्तरीय बाल संजाल गठन

महेश चाैलागाँई १२ असार २०७९, आईतवार २१:०२

पातारासी गाउँपालिकामा वडा न १ देखि ७ सम्म वडा स्तरीय बालक्लब तथा गाउँपालिका स्तरीय बाल संजाल गठन गरिएको छ । महिला तथा बालबालिका शाखाको आयोजनामा बाल क्लब तथालबाल सञ्जाल गरठन गरिएकाे पातरासी गाउपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

बाल अधिकारी सुनिश्चित गर्न ,बाल सहभगिता र बालबालिकाको मुद्दा हरुको सम्बोधन गर्नको लागि वडा स्तर देखि पालिका सम्ममा बालक्लब गठन गरीएको पातारासि गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताएकी छन ।

बालबालिकाहरुको हक हित र संरक्षणको लागि पनि बाल अधिकार संरक्षण तथा प्रबर्द्धन सम्बन्धि कार्यबिधी २०७८ अनुसार पातारासि गाउँपालिकाका वडा नम्वर १ देखि ७ वडा स्तरीय बाल अधिकार समिती पनि गठन गरिएको बताउनुभयो ।

प्रमुख गिरीका अनुसार कार्यहरु २०७९ जेष्ठ महिनाको १८ गतेद देखि सुरु भइ २०७९ असार ११ गते सम्म सञ्चालन भई सम्पन्न भएको जानकारी दिएकिछन ।

Next Post

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार १५ बाट सुरू हुने

१२ असार २०७९, आईतवार २१:०२
जुम्लामा यहि असार १५ गते देखि १७ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जुम्लाका बिभिन्न गाउँपालिकाबाट छनोट भई आईसके पछि असार १५ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष धनकृष्ण पाण्डेले जानकारी दिए । जिल्ला स्तरीय राष्ट्रपति […]