आगामी असाेज ९ गतेबाट जुम्लामा खाेप अभियान , ४२ हजारलाई खाेप लगाइदै

हिमशिखर संवाददाता ७ आश्विन २०७८, बिहीबार १४:२५

जुम्लामा ४२ हजार नागरिकलाई काेराेना विरुद्दकाे खाेप लगाइने भएको छ । आगामी असाेज ९ गतेबाट जुम्ला जिल्लाका १८ वर्ष माथिका नागरिकलाई ४१ हजार ६ सय ७६ जनालाई खाेप लगाइने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएकाे छ ।

यहि असाेज ९ गतेबाट जुम्लामा शुरु हुने खाेप अभियानमा तालिम प्राप्त स्वास्थ्यकर्मि सहित जुम्लामा ५ सय ४७ जना स्वयम् सेविका परिचालन हुने छन् ।
जुम्ला जिल्लामा खाेप अभियानलाई दुई चरणमा सञ्चालन गरिने जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिएकाछन ।

यस्तै अभियानलाई सफल पार्न जिल्ला भरिमा ६२ खाेप केन्द्र ताेकिएकाे छ ।

Next Post

सुर्खेत परिक्षा केन्द्र भए पछि जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू मर्कामा

७ आश्विन २०७८, बिहीबार १४:२५
जुम्ला बहुमुखि क्याम्पसका स्नातकोत्तर तह दाेस्राे बर्षका बिद्यार्थी हरू मर्कामा परेकाे छन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बार्षिक परीक्षा प्रणाली अन्तरगत सञ्चालन हुने परीक्षा केन्द्र मर्ज गर्दा जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू परीक्षा दिन सुर्खेत जानुपर्ने भएकाेले जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू मर्कामा परेका हुन । देसमा संघियताकाे अभ्यास भैरहेकै […]

सम्बन्धित समाचार