रवि लामिछाने भारी मतान्तरसहित निर्वाचित

हिमशिखर सम्वाददाता काठमाण्डौ १२ बैशाख २०८०, मंगलवार १४:३६

मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका छन्।

अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १ सय ७५ मत पाएर निर्वाचित भएका हुन्। उनी कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै निर्वाचित भए।

कांग्रेसका श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरे। तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन्।

रवि लामिछानेले गत मंसिरकाे चुनावमा भन्दा धेरै मत प्राप्त गरेका छन्।

Next Post

सम्बन्धित समाचार