नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्।
शनिवार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। पराजित भएका संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन्। यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए। जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ।
अरू पदाधिकारी र सदस्यहरुको मतगणना भईरहेको निर्वाचन समितिले जनाएको छ ।
कर्णाली प्रदेशको पहिलो सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए।