जुम्लाको पातारासी–१ मा ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

महेश चाैलागाँई १३ मंसिर २०८२, शनिबार २१:५०

जुम्लाकाे पातारासी गाउँपालिका–१ मा ट्याक्टरले ठक्कर दिएपछि एक युवकको मृत्यु भएको छ। आज दिउँसो करिब ४:३० बजेतिर ढुङ्गा बोकेर गइरहेको क.०२–००१ ट ०१३८ नम्बरको ट्याक्टरले पातारासी–१ सेलागढी गाउँ नजिकै, माथाचौर क्षेत्रमा १७ वर्षीय नन्दराम बुढालाई ठक्कर दिएको थियो।

मृतक बुढा पातारासी–२ का गोरबहादुर बुढाका छोरा हुन्। ठक्करपछि गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा उद्धार गरिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।

दुर्घटनापछि ट्याक्टर चालक धर्मेन्द्र बुढा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Next Post

ग्रील–स्टील व्यवसायीको वार्षिक सभा सम्पन्न

१३ मंसिर २०८२, शनिबार २१:५०
आर्थिक मन्दी, मूल्यवृद्धि र अवैध प्रतिस्पर्धाको दबाबबीच ग्रील तथा स्टील व्यवसायीहरूले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकता बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन्। देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरलाई प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको […]

सम्बन्धित समाचार