अन्तरजातीय बिबाह गरेकाे ४ दिनपछि केटाकाे घर जलेर नष्ट, केटी पक्षले आगाे लगाएकाे केटापक्षकाे दावी

महेश चाैलागाँई १७ असार २०८०, आईतवार ०९:५८

जुम्लाको तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले अन्तरजातीय बिबाह गरेकाे ४ दिनपछि उनकाे घर जलेर नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।

घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,’ उनले भने, ‘क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भैरहेकाेछ ।

यता स्थानियले भने अन्तरजातीय विवाहकाे आक्राेसमा केटी पक्षले आगाे लगाएकाे हुनसक्ने बताएकाछन। मुकुन्दका माइला दाइ भरत नेपालीले भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ।’

Next Post

जुम्लामा पुग्याे लम्पी स्किन: ९ हजार गाइगाेरु संक्रमित

१७ असार २०८०, आईतवार ०९:५८
जुम्लाका गाइगाेरुमा पनि लम्पी स्किन देखा परेकाे छ। जिल्लाभर ९ हजार बढी गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण फैलिएको हाे। जिल्लाका आठ स्थानी यतहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। ‘जिल्लाको सबै क्षेत्रमा लम्पी स्किन रोग फैलिएको देखियो, पशु प्राविधिकहरु गाउँबस्तीमा […]

सम्बन्धित समाचार