अवदेखि सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काेराेना परिक्षण र काेराेनाका बिरामीको निशुल्क उपचार गर्ने निर्णय गरेकाे हाे ।
साेमबारकाे बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने आफ्नाे पुर्ववत निर्णय सच्याएको छ ।
अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ।
सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।
स्रोतकाअनुसार मन्त्रिपरिषद्को निर्णयमा निजी अस्पतालबारे भने बोलिएको छैन ।
बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको स्रोतले बताएको छ ।