लेकाली युवाले संचालन गरेकाे दाेस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगितामा घाइते भएका रेफ्री राजेन्द्र बुढ्थापालाई जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिटियाक्सन बिग्रेको कारण ले उपचार सम्भव नभए पछि काठमाडौं रेफर गरिएकाे छ । शुक्रबार जय शम्भुनाथ यूवा क्लब र जनप्रेमी यूवा क्लब बिच भएको विवादीत खेलमा घाइते भएका रेफ्रिलाई रेफर गरिएको हाे ।
लेकाली युवा क्लबकाे दाेस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिताकाे चैाथाे दिनकाे अन्तिम खेलमा दुई समूह बिच विवाद उत्पन्न भई झडब हुदा रेफ्रि घाईते भएका थिए । उक्त पुरूष फुटबल प्रतियोगिताको चाैथाे दिनकाे अन्तिम खेलमा विवाद भए पछि हिजाे खेल स्थगित भएकाे थियाे ।
जनप्रेमी युवा क्लब र शम्बुनाथ युवा क्लब बिच मैदानमा खेल भैरहेकाे अबस्थामा खेलकाे दाेस्रो हाफ सम्म १ का बिरुद्ध ३ गाेल गरेर जय शम्बुनाथ युवा क्लब अगाडी रहेकाे अबस्थामा मैदान भित्र खेल चलिरहदा जनप्राेमी युवा क्लबका खेलाडीले खेलकाे दाेस्रो हाफ भई १८ मिनेट १५ सेकेन्डमा जयशम्बुनाथ युवा क्लबका खेलाडी लाई हातपात गरेर खेल केही समयकाे लागि खेल स्थगित भएको थियाे । केही समय सम्म स्थगित भएको खेल संचालन पश्चात् रेफ्रि बुढ्थापाले जय शम्बुनाथ युवा क्लबका खेलाडी लाई हातपात गर्ने जनप्राेमी युवा क्लबका खेलाडी गाेबिन्द महत लाई रेड कार्ड दिएका थिए ।
रेड दिए लगत्तै जन प्रेमी युवा क्लबका राताे कार्ड पाउने गाेबिन्द महतले रेफ्रि माथि हातपात गरेर रेफ्रि लाई घाईते बनाएका थिए । रेफ्री बुढ्थापाकाे आँखा र टाउकाेमा चाेट लागेकाे हुनाले जुम्लामा उपचार सम्भव नभए पछि रेफर गरिएको लेकाली यूवा क्लबका अध्यक्ष शन्ताेष खत्रीले जानकारी दिए ।
यस्तै आज पाँचौ दिनमा एक खेल भएको छ । आजकाे खेल जुम्ला फुटबल क्लब र जनसेवा युवा क्लब बिच भएको खेलमा जुम्ला फुटबल क्लबले २ गाेल गर्दै जनसेवा यूवा क्लबलाई पछि पार्दै जित हात पारेकाे छ ।