काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको बताएका छन । अर्थ मन्त्रालयको जिम्मेवारी समालेपछी निजी क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्दै प्रधानमन्त्रीले अहिल्यै नै अर्थतन्त्र नकरात्मक अवस्थामा नपुगेको बताएका हुन । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोभिड(१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवन आतंकित गर्न नहुनेतर्फ सचेत हुन पनि उनले आग्रह गरेका छन्। नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै ओलीले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरेका छन्। प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्रै ध्यान नदिइएको पनि प्रकाश पारेको प्रधानमँत्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण नरहेका ले युवाहरू देशभित्र क्रियाशील हुनु जरुरी छ। अब नेपालमा कामको कमी नरहेको हुदा नेपालमै काम गर्नपर्ने प्रधानमन्त्रीले बताएका छन । करिब अढाई घण्टासम्म चलेको छलफलको आयोजनाका निम्ति निजी क्षेत्रका नेतृत्वकर्ताले सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको थापाले बताए। छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिश मोर, हरिभक्त शर्मा र शेखर गोल्छा सहभागी थिए। उनीहरुले आफ्ना सुझाव राखेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। कोरोनालाई हौवाको विषय नबनाउन पनि उनीहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए। उक्त छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा। युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले चालेका विभिन्न कदम, अध्ययन र सम्बोधनबारे प्रष्ट पारेका थिए।
Next Post

कर्णाली प्रदेश सभा सदस्य श्रेष्ठलाई काेराेना पाेजेटिभ
२१ भाद्र २०७७, आईतवार २३:१५
जुम्ला: कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनको आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको हाे । सांसद श्रेष्ठ जुम्लामै होम आईसुलेशनमा बसिरेहेकाे र उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।आफ्नो सम्पर्कमा आएका सबैलाई […]
सम्बन्धित समाचार
-
२१ पुष २०७९, बिहीबार १८:५७
जुम्लाकाे त्रिवेणीमा अटाे दुर्घटना, दुई जनाकाे मृत्यु
-
२२ आश्विन २०७९, शनिबार १८:५५
रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी
-
२५ कार्तिक २०७९, शुक्रबार २२:४३
जुम्लामा बसको ठक्करबाट एक बच्चाको मृत्यु
-
२४ कार्तिक २०७७, सोमबार २१:१६
जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा डोजरको टयुव पड्किए १ जनाकाे मृत्यू
-
१५ कार्तिक २०७८, सोमबार २२:०१
कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा
-
२७ कार्तिक २०७९, आईतवार १५:२२
रवि लामिछाने र सत्ता गठबन्धनको टोलीबीच चितवनमा झडप


