असार १ देखि आइतबार बिदा नहुने

हिमशिखर संवाददाता २३ जेष्ठ २०७९, सोमबार १९:०७

सरकारले आइतबार दिँदै आएको विदा हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको विदा हटाउने निर्णय गरेको हो।

यसअघि सरकारले सतामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो।

नेपालमा दुई दिने विदा कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए। सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको एक मन्त्रीले बताए।

असार १ गतेदेखि अब आइतबार विदा हुने छैन। साता विदा शनिबारमात्र हुनेछ।

Next Post

जुम्लामा १७ बर्षिया बालिका बलात्कृत

२३ जेष्ठ २०७९, सोमबार १९:०७
जुम्लाकाे गुठिचौर गाउँपालिका वडा नम्वर ५ मा १७ वर्षीया नाबालिका माथी बलात्कार भएको छ । सोही गाउपालिका ५ का दुई नजा युबक बाट सोमबार साझ खेत मा पानी हाल्न गएको बेला बलात्कार भएको पिडित का परिवार ले बताएका छन । आज पिडित का परिवार ले प्रहरी मा उजुरी दिएका छन […]