सुर्खेतकाे रातानाङ्गलामा जीप दुर्घटना,चार जनाकाे मृत्यु

हिमशिखर सम्वाददाता सुर्खेत १७ जेष्ठ २०८१, बिहीबार ०७:१७

जुम्ला । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा भएकाे छ । सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बाेलेराे जीप बिहीवार विहान ३:५५ बजेको समयमा दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परेर चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवलदार तिलक सिंहले जानकारी दिए ।

उनले भने,’ विहान दुई जनाकाे शव फेला परेकाे थियाे । अहिले थप दुई शब भेटिएकाे छ । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ । हाम्रो टोली घटनास्थलमा गएको छ, सबै कुरा खुलेको छैन ।’

उनकाअनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेकाे छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Next Post

नेपालले दोस्रो वार्मअप खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१७ जेष्ठ २०८१, बिहीबार ०७:१७
नेपालले टी- २० विश्वकपअघि आज (बिहीबार) अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दैछ। डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ९ : १५ बजेदेखि सुरु हुनेछ। नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्मअप खेलमा ६३ रनको हार बेहोरेको थियो। आइसीसी वरियतामा नेपाल १७औँ स्थानमा छ। भने, अमेरिका १९औं स्थानमा रहेको छ। […]