जुम्ला, बुधबार असार २६
जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाकाे वडा नम्बर २ मा रहेको सुन्दर पर्यटकीय स्थान गुठिचाैरमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने क्रममा गुठिचाैर बाट बुधबार परीक्षण उडान गरिएको हो ।
गुठिचाैरकाे सुन्दर चाैरमा ‘टेकअप प्वाइन्ट’ बनाइएको थियाे गुठिचाैर गाउँपालिकाकाे डाब बाट परिक्षण उडान गरिएको थियाे । डाब बाट उडेर गुठिचाैरका विभिन्न स्थानकाे सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, र गुठिचाैर गाउँपालिकाकाे आयाेजनामापरीक्षण उडान गरिएको
गुठिचाैर गाउँपलिकाका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवार लगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढाले बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा पनि यस्ताे खतरनाक काम सुरू हुनु चानचुने बिषय नभएकाे बताउनुभयो । उहाँका अनुसार यसकाे प्रचारप्रसारमा लिनकाे लागि गाउँपालिकालृ ठुलाे कदम चाल्नुपर्ने बताउनुभयो ।
