प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सार्वजनिक गर्ने राप्रपा अध्यक्ष राणाकाे माग

हिमशिखर संवाददाता १९ आश्विन २०७७, सोमबार १८:१६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

ट्विटरमार्फत अध्यक्ष राणाले प्रधानमन्त्रीका निकट सहयोगी, सल्लाहकार तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनको अवस्थाबारे आम चासो बढेको उल्लेख गर्दै प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग गरेका हुन ।
प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारबटा औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने राणाकाे धारणा छ ।

सरकार प्रमुखको स्वास्थ्य अवस्था सुुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको राणाले ट्विटरमार्फत उल्लेख छ ।

Next Post

पाँच वर्ष पहिले चोरी भएका चन्दननाथ मन्दिरका दुई मूर्ति भेटिए, ३जना प्रहरिकाे नियन्त्रणमा ।

१९ आश्विन २०७७, सोमबार १८:१६
जुम्ला : चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका बहुमुल्य मूर्तिहरु मध्ये थप दुई मूर्ति भेटिएका छन् । विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः१५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित शुसिल विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको […]