जुम्ला : कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ उल्खेमा ५९ वर्षीय धनराम रावतको डोजरको टयुव पड्कि मृत्यू भएकोछ । डाेजरकाे टायरमा हावा भर्नेक्रममा ट्युव पड्केर रावतकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाेछ ।
रावतकाे शवलाई पोष्टमार्टमका लागि जुम्ला सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएकाे जिप्रका जुम्लाले जनाएकाे छ ।
मृतक रावत कनकासुन्दरी २ कै स्थानियवासी हुन ।