पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो

महेश चाैलागाँई १६ श्रावण २०८०, मंगलवार २१:४०

पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ९ रुपैयाँ, डिजेल र मट्टीतेलमा ७ रुपैयाँले बढाएको छ।

भारतबाट मूल्य बढेर आएको कारण निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ भने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ। एलपी ग्यासको मूल्य १६६० कायम भएको छ।

त्यसैगरी पेट्रोलको मूल्य पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२  र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ निर्धारित भएको छ।

हेर्नुहोस् आयल निगमको सूचनाः

 

Next Post

जुम्लाको काँचो स्याउ बजारमा जान थालेपछि रोक्न सिफारिस अनिवार्य

१६ श्रावण २०८०, मंगलवार २१:४०
जुम्लाको काँचो स्याउ बजारमा गएपछि यसलाई रोक्न सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निर्णय भएको हो । व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो […]

सम्बन्धित समाचार