एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता

हिमशिखर संवाददाता ८ श्रावण २०७८, शुक्रबार १७:०५

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । आज बिहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको एमालेका एक नेताले जानकारी दिए । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Next Post

जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु

८ श्रावण २०७८, शुक्रबार १७:०५
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा बोलाएको थियो। आयोगमा साउन ३ गतेदेखि आधिकारिकता सम्बन्धी बहस भएको थियो। बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको थियो। निर्वाचन आयोगले जसपाको […]