म आमाको पेटमा हुदा ,आमाको खुशी
मेरो आगमनको लागि बाको पर्खाई ।
मलाई स्वागत गर्न आत्तुर मेरा बा
मलाई स्हार गर्न आत्तुर आमा
दिन गन्ती गर्दै औला, भाच्थे
मेरो आगमनको संगै लुकेको आफ्नो खुसिका लागि ।।
आमाको पीडा भित्रको मेरो
बिकट् ब्राह्मण संगै
दुखको राजधानीमा ,सुखकन सुस्केरा हाल्दै
बढ्दै जान्छु , बा हर्षित हुँदै जान्छन ।
आमा प्रसब पिडाको दिनगन्ती गन्दै जान्छिन
किन नगरुन दिनगन्ती
न आफ्ना लागि खाना पाउन्छिन।
न मेरा लागि नाना पाउछिन।
पृथ्वीमा अवतरण गर्ने
मेरा दिनहरु नजिकिदै आउछन् ।
आमा चिन्तित हुँदै जान्छिन
मलाई जन्माउन आतुर मेरि आमा
नत जन्माउने अस्पताल भेट्छिन
नत बाको खल्तिमा पैसा देख्छिन
प्रसब पिडामा छट्पटीएको बेला
केबल भगवान सम्झदै,
दस औला बिन्ती गर्छिन ।
समय बर्सादको थियो
बाहिर मुसलधारे पानी पर्दै थियो
भित्र घर टप टप चुहिदै थियो ।
आमा पीडा खप्न नसकी चिचाउदै थिइन
बा थाप्लोमा हात राखेर लामो सुस्केरा हाल्दै थिए ।
आमाको चिच्याहाड ,मेरो आगमन
बाको अनुहार हर्सित एक साथ भएका थिए ।
जन्म नहुन्जेल हर्षित मेरा बा आमा
म जन्मि सके पछि कहिलै खुशी देखिएनन।
मेरा लागि संसार किन्ने ,
सपना पालेका मेरा बा आमा
आफ्नै लागि एक छाक टार्न
एकफेरो फेर्न
नचुहिने घरमा बस्न
धौ धौ हुँदै थियो मेेरा बा आमाको लागि ।
मलाई ठूलो बनाउने सपना बोकेका मेरा बा आमा
अक्षर लेख्ने कलम
अक्षर चिन्ने किताब
सपना कोर्ने कापी
मेरा लागि धौधौ हुँदै थिए
यसमा न आमाको दोश छ नत बाको
जुन देशले बच्चा जन्माउनका लागि
अस्पताल बनाउन सक्दैन ,
जन्मेको बच्चालाई पौष्टिक आहार दिन सक्दैन
सहज बिद्यालयको ढोका खोल्न सक्दैन
दुख र मेहनतले हुर्केपछी देशमै बसाल्न सक्दैन
त्यो देशलाई अलिकति लाज छैन ,नागरिक भन्न
नत बनाउने हुटहुटी नै हुन्छ ।
मेरो जन्ममा उत्सब र उत्साह भएका मेरा बा आमा
आज आँखा बाट आँसु बगाउदै
मेरो हातको पासपोर्ट र भिसा हेर्दै
बिदाईका हात हल्लाउँदै छन
हिजो आगमनमा हर्सित बा आमा
आज बिदाई पछि मेरो आगमनको
पर्खाईमा मेरो अनुहार र आफ्नो खुसी देख्नु ।
म जन्मिदाको प्रसव पीडा भन्दा पनि कठिन छ।
बाआमाको लागि मेरो दोस्रो अबतरणको पिडामा।
– लाेकेन्द्र राज गिरी