सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु चार जना घाइते

हिमशिखर संवाददाता २० असार २०८२, शुक्रबार १७:३५

सुर्खेतको भेरीगंगा नगरपालिकामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा मृत्यु भएको हो।

दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढ्थापाकाले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । चट्याङ लागेर घाइते हुनेहरूमा सोही स्थानका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्।

उनीहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्री र प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।

Next Post

जुम्लाको पाटनमा २०० भन्दा बढी भेडाको मृत्यु, एक गोठालो गम्भीर घाइते

२० असार २०८२, शुक्रबार १७:३५
जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका वडा नं. ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङको प्रहारबाट एक गम्भीर घटना घटेको छ। स्थानीय गोठाला धन बहादुर रावतसहित ६ जनाका करिब ९०० वटा भेडा चरिरहेका बेला अचानक चट्याङ खस्दा २०० देखि ३०० वटासम्म भेडाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ऐ.सिजा गाउँपालिका वडा नं. ५ निवासी […]