सुर्खेत:जंगलमा घाँस काट्न गएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
१४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले घर्तीले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे झुन्डिएको अवस्थामा स्थानीयले देखेका थिए ।
प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई झुन्डिएको अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’
शवलाई पोस्टमार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ