पुर्व जा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारीमा सरकार

हिमशिखर संवाददाता १६ चैत्र २०८१, शनिबार २०:०६

सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।

शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर हिंसात्मक आन्दोलनको निर्देशन दिएको सरकारको दाबी छ।

पूर्वराजाको संलग्नताबारे सरकारले अनुसन्धान थालेपछि उनी विदेश भाग्ने आशंका रहेकोले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो

Next Post

राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम

१६ चैत्र २०८१, शनिबार २०:०६
गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा सो पार्टीले गरेको हो । घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि […]

सम्बन्धित समाचार