साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

हिमशिखर संवाददाता ३ मंसिर २०८१, मंगलवार १३:०२

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ ।

Next Post

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा  बाेहाेरागाउँमा अभिमुखीकरण

३ मंसिर २०८१, मंगलवार १३:०२
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बाल अधिकार, बाल विवाहका समस्या र कानूनी व्यवस्थाबारे जनचेतना फैलाउन चन्दननाथ नगरपालिका–१० बोहोरागाउँस्थित श्री रत्न चुडेश्वर माध्यमिक विद्यालयमा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, जुम्लाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा बाल विवाहका समस्या, कानूनी प्रावधान र यससँग जोडिएका सामाजिक […]