पार्किङ गरि राखिएकाे गाडीकाे डिजेल चाेर्ने एक जना लाई पक्राउ

महेश चाैलागाँई १२ फाल्गुन २०८१, सोमबार १७:३२

 जुम्ला , सडक   पार्किङ गरि राखिएकाे गाडीकाे डिजेल चाेर्ने एक जना लाई पक्राउ गरिएको छ । पक्राउ पर्ने रामेछाप जिल्ला सुनपाती गाउँपालिका -२ का हाल जुम्ला जिल्ला चन्दननाथ ५ मा बस्ने र जुम्लाकाे कविन्द्र निर्माण सेवा कम्पनी प्रा.लि मा काम गर्ने वर्ष ४० का प्रेम कुमार तामाङ्ग लाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कामतीले बताए ।

जुम्लाको कान्तिपुर होटल अगाडी पार्किङ गरि राखेकाे बा.प्र.०१००४ क ३८०८ नम्वरको टिप्पर बाट १ सय ८५ लिटर डिजेल चाेर्ने तामाङ प्रकाउ परेका हुन् । यस्तै चाेरेकाे डिजेल किन्ने चन्दननाथ नगरपालिका – १ एयरपोर्ट स्थित खुद्रा पसलका संचालक राज बुढालाई बिक्री गरेको छु भनेकाले तत्काल प्रहरी टोलिले अशोक बुढा र किन्ने राज बुढाको समेत चोरी गरी बिक्री गरेको सुचनाका आधारमा पक्रेकाे उनकाे भनाइ छ ।

Next Post

सिन्धुपाल्चोक भूकम्प : भागदौड गर्दा धादिङमा प्रहरी जवान घाइते

१२ फाल्गुन २०८१, सोमबार १७:३२
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि भागदौड गर्दा धादिङमा एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी जवान आकाश रेग्मी छन् । भाग्ने क्रममा ब्यारेकको कोठाको भित्तामा ठोक्किएर उनी घाइते भएका हुन् । उनको नाकको हड्डी र अगाडिको १ वटा […]

सम्बन्धित समाचार