समयमै दमकल नगएको भन्दै चन्दननाथ नगरपालिका तोडफोड

के .बि अछुत १३ असार २०८१, बिहीबार ११:५८

जुम्ला : आगलागी भएको ठाउमा दमकल नगएको भन्दै नगरपालिका तोडफोड गरेका छन । जिल्ला प्र्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ६मा रहेको ग्यारेजमा अन्दाजी साढे नौ बजे तिरको समयमा आग्लागी भएको थियो । चन्दननाथ नगरपालिका ६कै पदमा आचार्य अधिकारीको ग्यारेजमा अचानक आगलागी भएको थियो । उनीहरुले आगलागी नियन्त्रण गर्नका लागी चन्दननाथ नथगरपालिकाको दमकललाई खवर गरेका थिए । नगरपालिकामा रहेको दमाकल बिग्रेको अबस्थामा रहेकाले त्यहा जान नसेको हो । प्रहरी निरीक्षक उमेश चन्दका अनुसार आग्लागी भएको ठाउमा प्रहरी ब्यस्त थियो ।

छिना र महतगाउँका केटाहरु आक्रोशमा आइ नगरपालिकाका सिसा ,दमकल र डोजर समेत टोडफोड गरेका हुन । उनले भने,‘त्यो ग्यारेजमा दुइ अटो एक स्कृटि बनाउनका लागी राखिएको थियो सबै जलेर नष्ट भएका छन ।प्रहरीका अनुसार पुरानो बस्पार्क नजिकै रहेको जस्तापाताले बनाइएको ग्यारेजमा आग्लागी भएको हो । क्षेतिको एकिन बिवरण आउन बाँकी छ । नगरपालिका तोडफोड गर्ने दुई प्रहरीले नियन्त्रमा लिएको छ । भने अरुको खोजीकार्य जारी रहेको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेर राम देवी खड्काले नगरपालिकाको दमकल बिग्रेको छ । यसको सामान यहा नपाइने भएकाले भारतबाट मगाइएको छ । दमकल बिग्रेको भयर नगएको हो । उनले नगरपालिकामा रहेको दामकल , डोजर , लगायतका समाग्रीहरु तोडफोड गर्ने समुहको बिरुद्ध पालिका कानुनी रुपमा जाने बताइन । उनका अनुसार नागर उपप्रमुखको ब्यक्तिगत घरमा समेत ढुङगा प्रहार गरी झायालको सिसा फुटाइएको छ ।

यसरी सरकारी संरचना माथी तोडफोड गर्दा प्रहरी प्रशासन भने मौन बसेको नगरपालिकाको दुखेसो छ ।
जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी भन्छन, मलाई थाहा छैन । मैले बिहान नगरपिालिका तोडफोड भएको देखेको छु । त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे भन्छन, प्रहरी आगलागी भएको ठाउमा गएको थियो ।

त्यही मौका छोपेर केही युवाको समुहले नगरपालिका तोडफोड गरेको हो । उनका अनुसार तोडफोड गर्ने कार्यमा संलग्ना हुनेलाई प्रहरीको नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने भएका छौ । उनले भने,‘यस बिषयका कुनै बैठक बसेको छैन । प्रहरी संग छलफल भएको छ । केही सुरक्षामा खटिएका प्रहरी पनी घाइते भएका छन ।सबै प्रहरी आगलागी नियन्त्रणमा थियो । त्यही समयमा नगरपालिकामा तोडफोड गरिएको रहेछ ।

 

Next Post

सुरक्षित गर्भपतनमा जाेड दिन सराेकारवालाकाे जाेड

१३ असार २०८१, बिहीबार ११:५८
गाउँघर सम्म सुरक्षित गर्भपतनकाे पहुँच विस्तार गर्न शुक्रबार जुम्लाका सराेकारवालाहरू लाई गर्भपतन सम्बन्धि मुल्य मान्यता तथा ब्याबहार रूपान्तरण सम्बन्धि अभिमुखिकरण गरिएको छ । ग्रामीण क्षेत्रमा सुरक्षित गर्भपतनमा सहज पहुँच बिस्तार गर्न जुम्लाका सराेकारवालाले जाेड दिएका छन् । पछिल्लाे समय बढ्दाे असुरक्षित गर्भपतनले महिला तथा किशाेरीहरुकाे स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाे […]