बागमती प्रदेशको रिक्त रहेकाे राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा बिजयी भएका छन ।
नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई पछि पार्दै राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटाले ५०८८ मत सहित जित हात पारेका छन । उनका निकटतम प्रतिद्वन्द्वी बादलले ४०१४ मत पाएका थिए ।
स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ ।
त्यस्तै, प्रदेशसभामा खिमलालले ५८ पाउँदा बादलले ४५ मत तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।