राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना सदैभ कटिबद्ध छ : प्रधानसेनापति थापा

हिमशिखर संवाददाता २४ भाद्र २०७७, बुधबार २२:५२

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको बताएका छन । “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र नेपाली सेना सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेको भन्दै
शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे।

प्रधानसेनापति थापाले आफ्नो दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेखगरे।

शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए। सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउँदै लगिएको प्रसङ्ग उल्लेख गर्दै उनले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनुपर्ने बताए।

Next Post

जुम्लाका प्रजिअ १० दिन पछि काेराेना मुक्त

२४ भाद्र २०७७, बुधबार २२:५२
कोरोनाको कुनै उपचार नभएको बेला तपाईहरुको माया, हौसला सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छानै आफुलाई कोराना सँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेकाे प्रजिअ थापाले आफ्नाे फेसवुक स्टाटसमा लेखेका छन । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा काेराेना मुक्त भएका छन । करिब १० दिन पछि प्र.जि.अ […]