मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठि सम्पन्न

महेश चाैलागाँई ९ पुष २०७८, शुक्रबार २२:१२

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र किर्डाक नेपालको साझेदारी मा संचालित एकीकृत पोषण तथा उत्थान्शील कार्यक्रमद्वारा मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठि सम्पन्न भएकाे छ ।

मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठिमा सहभागीहरू

जुम्ला बजारमा सम्पन्न गाेष्ठिमा मूल्य शृंखलाको रुपमा काम गर्ने बालि र बस्तु हरुको बारेमा गरिएको अध्ययन प्रतिबेदन सार्बजनिक गरिएको छ | जिल्लाका तिला,तातोपानी, गुठिचौर, पातारासी गाउपालिका र चन्दननाथ नगरपालिका भित्र उत्पादन हुने विभिन्न २२ वटा बाली वस्तु तथा फलफूल हरूमा गरिएकाे अध्यायनमा सिमि, स्याउ, आलु र ताजा तथा बेमौसमी तरकारी छनौट परेकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठिमा सहभागीहरू

उत्पादनमा संलग्न परिवारकाे संख्या , उत्पादनका लागि प्राबिधिक सम्भाव्यता, उत्पादनमा कृषकको रुची, उत्पादन र उत्पादकत्व वृद्धि, बजारीकरणको लागि सम्भावना, प्रशोधन गरेर मूल्य वृद्धि गर्न सकिने संभावना, उत्पादन तथा बजारीकरणका लागि उपयुक्त सरकारी नीति लगायतका बिभिन्न सूचक हरुकाे आधारमा अध्ययन प्रतिवेदन तयार गरिएको थियो |

मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठिमा सहभागीहरू

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधि तथा किसानहरुले अध्ययनले निकालेको निष्कर्ष एकदम तथ्यगत भएको र जुम्लाको लनगी समय सान्दर्भिक भएको धारणा राखेका थिए |

मुल्य श्रृङखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गाेष्ठिमा सहभागीहरू

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र किर्डाक नेपालको साझेदारी मा संचालित एकीकृत पोषण तथा उत्थान्शील कार्यक्रमले आफ्नाे कार्यक्षेत्र पातरासि, गुठिचाैर, ताताेपानी , तिला र चन्दननाथ लगाएत ५ वटा स्थानिय तहहरूका किसानहरूकाे सहभागितामा अध्ययन प्रतिवेदन तयार पारेकाे किर्डाक नेपालका प्राेग्राम म्यानेजर भेष बहादुर रावलले जानकारी गराएका छन ।

Next Post

डिभिजन बन कार्यालय मुगुकाे सुचना

९ पुष २०७८, शुक्रबार २२:१२

सम्बन्धित समाचार