प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

हिमशिखर सम्वाददाता काठमाण्डौ २६ असार २०८०, मंगलवार १३:४९

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकाे सिमानामा पर्ने लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियाे। उक्त हेलिकप्टर लाम्जुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।

दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको भट्टराईले जानकारी दिए। उनका अनुसार हेलिकप्टर दुर्घटनाका कारण भने खुलेको छैन।

हेलिकप्टरमा ६ जनामध्ये क्याप्टेन सीबी गुरुङ र अन्य पाँच जना मेक्सिकन नागरिक सवार रहेका थिए।

उद्दारका लागि अल्टिट्युड हेलिकप्टर परिचालन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

Next Post

प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

२६ असार २०८०, मंगलवार १३:४९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। उनको नर्भिक अस्पतालमा निधन भएको हो।

सम्बन्धित समाचार