जुम्लाबाट यार्सा टिप्न मुगु गएका एक युवकको लेक लागेर मृत्यु

हिमशिखर संवाददाता २७ बैशाख २०८१, बिहीबार २०:४८

जुम्लाबाट यार्सा टिप्न मुगु गएका एक युवकको लेक लागेर मृत्यु भएको छ। मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका-३ चौर गाउँका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार यार्सा टिप्न गएका उनी लेक लागेर अकस्मात् बिरामी परेका थिए।

‘लेक लागे पश्चात् रावतलाई आफन्तले पुलु स्वास्थ्य चौकीमा ल्याए,’ उनले भने, ‘त्यहाँ सामान्य उपचारपछि जिल्ला अस्पताल ठिनीमा ल्याउँदै गर्दा उनकाे ज्यान गएकाे हाे।

मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १५ गते पछि मात्र पाटन क्षेत्रमा यार्सा टिप्न स्थानीयलाई अनुमति दिने निर्णय गरेको थियो। तर पनि मानिसहरू लुकिछिपी यार्सा टिप्न जाने गरेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।

पाटनमा यार्सा टिप्न जाँदा ‘हाईआल्टीट्युड’ ले अकस्मात् बिरामी हुने र तत्काल औषधि उपचार तथा उद्धार नहुँदा बर्सेनि यार्सा संकलकको ज्यान जाने गरेको छ।

Next Post

यार्सा टिप्न गएकी जुम्लाकी विष्णुमायाको डोल्पामा निधन,चार यूवा अलपत्र

२७ बैशाख २०८१, बिहीबार २०:४८
यार्सा संकलन गर्न गएकी पातारासी गाउँपालिका वडा नं. १ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ । यार्सा संकलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर मृत्यु भएको हो । घरखर्चको जोहो गर्न यार्सा संकलन गर्न विष्णुमाया डोल्पाको पाटनमा पुगेकी थिईन् । वैशाख २७ […]