चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान रोपाँइ

के .बि अछुत १४ जेष्ठ २०८१, सोमबार २१:१६

चन्दननाथ बाबाको सेरा ज्युलोमा कालीमार्सी धान रोपिएको छ । परापूर्वकालदेखि नै चन्दननाथ भैरवनाथ गुठी समितिले जेठ १४ गते रोप्दै आएको मन्दिरको खेत यो पटक पनि १४ गते रोपिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमर थापाका अनुसार हरेक वर्ष जेष्ठ महिनाको १४ गते रोपिएको धान योपटक पनि बिभिन्न कार्यक्रम गरि रोपिएको बताउनुभयो । चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकाल देखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सी धान रोप्ने गर्ने चलन रहेको बताउनुभयो ।

 

सेरा ज्युलोमा मार्सी रोपाइँका लागि चन्दननाथ नमुना मावि, रत्नचुडेश्वर माविका विद्यार्थी र स्थानीय महिलाले सहयोग गरेका छन् । यस्तै रोपाई कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्याका अनुसार जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताउनुभयो । उहाँका अनुसार हामी कर्णालीवासी कृषिमा निर्भर छौँ । हामीले आयातित खाद्यान्नको भर पर्नु नहुने भएकाले बिषाधि पनि प्रयोग नगर्नुपर्ने बताउनुभयो ।

 

उहाँले बजारमा भित्रिएको खाद्यान्नले रोगी बनाएको भन्दै महिला दिदीबहिनीलाई स्थानीय बाली उत्पादनमा जोड्न आग्रह गर्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार जुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

 

सेरा ज्युलो रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरिन्छ । जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्ददनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको छ । त्यसैगरी चन्दननाथ मावि स्कुलकी शिक्षिका सुमित्रा बुढाका अनुसार सेरा ज्युलो रोप्न सहयोग गर्नका लागि १५० जना छात्रा आएको बताउनुभयो । उहाँले भन्नुभयो, कक्षा नौ र दशमा अध्ययनरत छात्रालाई ल्याइएको हो । प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरा ज्युलोमा काली मार्सी धान सबैको सहयोगमा रोपिदै आएको बताउनुभयो ।

Next Post

आज आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदै, स्वास्थ्यको बजेट कस्तो आउला ?

१४ जेष्ठ २०८१, सोमबार २१:१६
काठमाडौँ, १५ जेठ । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ। त्यसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ। अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बार्षिक बजेट प्रस्तुत […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।