तिला–६ का वडाध्यक्ष जंग बहादुर रोकाया जुम्ला जिल्ला संयोजक नियुक्त

महेश चाैलागाँई २० मंसिर २०८२, शनिबार ०७:१९

कांग्रेस सुधार अभियानले तिला–६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस जुम्ला क्षेत्र ‘ख’ का सचिव जंग बहादुर रोकायालाई जुम्ला जिल्ला संयोजक नियुक्त गरेको छ।

केन्द्रिय संयोजक शिव रिमालले देशभरका संयोजक तोक्ने क्रममा रोकायाको नाम सार्वजनिक गरेका हुन्। अभियानले पार्टीभित्र ४० वर्षमुनिका युवाको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ।

नयाँ जिम्मेवारी पाएपछि रोकायाले रूपान्तरण, पारदर्शिता र सुशासनका लागि सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्। समितिले तीनै तहका निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ अनिवार्य गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ।

Next Post

महाबैमा भीरबाट लडेर ६५ वर्षीय पुरुषको मृत्यु

२० मंसिर २०८२, शनिबार ०७:१९
महाबै गाउँपालिकामा आइतबार बिहान भीरबाट लडेर एक पुरुष काे ज्यान गएको छ। महाबै–२ ओदाका ६५ वर्षीय चर्च सिंह ससुराली महाबै–६ गणेशकोटबाट पत्नीसँग घर फर्कँदै गर्दा तल्लो राम्नीमा चिप्लिएर करिब ३०० मिटर तल झरेका थिए। घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख बीरबहादुर सुनारले जानकारी दिए। प्रहरी टोली र […]

सम्बन्धित समाचार