सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित आभसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताए ।
‘आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं । आजकै मितिबाट साधारण सदस्यबाट निष्कासन गर्न गइरहेका छौं । हामीले ३ दिनको स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म स्पष्टीकरण दिएनन् । उनले स्पष्टीकरण दिने हिम्मत पनि राख्दैनन् ।’
बालुवाटारमा लगेर सुरेन्द्र पाण्डे र श्रीराम ढकालले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीले जवाफ दिने आँट नगरेकाे दावी नेपालले गरे । उनले आजै चिठी लेखेर ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्ने बताए ।