जुम्ला तिला नदिनकाे किनारमा अज्ञात पुरुषको शव फेला

महेश चाैलागाँई १२ असार २०८२, बिहीबार ०९:२०

चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै तिला नदीको किनारमा बिहिवार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको छ।

स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई टेलिफोनमार्फत उक्त घटनाको जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा खटिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा पर्दछ। प्रारम्भिक जानकारी अनुसार, शवलाई नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहीरीका अनुसारमृतकको नाम, ठेगाना र अन्य विवरण अझै खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

फोरेन्सिक टोलीले शवको पोस्टमार्टमसहित थप जाँच गर्ने तयारी गरेको छ। स्थानीय बासिन्दाले यस्ता घटनाले समुदायमा चिन्ता बढाएको बताएका छन्।

Next Post

जुम्लामा गणेश मन्दिरकाे शिलान्यास

१२ असार २०८२, बिहीबार ०९:२०
चन्दननाथ नगरपालिकाको पाँच मुख्य बजारमा गणेश मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ। करिब बीस लाखको लागतमा बन्ने यो मन्दिरले स्थानीय बजारको सांस्कृतिक र धार्मिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। शिलान्यास समारोहमा चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले मन्दिर निर्माणले स्थानीय समुदायको एकता र धार्मिक सद्भावलाई प्रोत्साहन गर्ने बताए। […]