नेपाल एयरलाईन्सको बिमानको बाँया पंखाको ईन्जीनमा समस्या आउदा बिमान जुम्ला एयरपोर्टमा थन्कीएको छ । नेपालगंज बाट हिजो सोमवार यात्रु ल्याएर जुम्ला आएको बिमान अबतरणका क्रममा बाँया पंखाको ईन्जीनमा समस्या आउदा बिमान थन्कीएको नेपाल नागरीक उड्यान प्राधिकरणका सुचना अधिकारी उत्शव पाण्डेले बताउनुभयो । उहाँका अनुसार नेपालगंज देखि २ जना यात्रु ल्याएर जुम्ला पुगेको नेपाल एयरलाईन्सको नाईनर बाब्रो यूनिफर्म ( ढल् ब्द्यः) को बिमानको बाँया भागमा रहेको पंखाको इन्जीनमा समस्या आउदा जुम्ला एयरपोर्टमा थन्कीएको जानकारी दिनुभयो । लाामो समय सम्म बिमान मर्मत गर्न प्रयास गर्दा पनि मर्मत कार्य नसकिएकाले थन्काउनु परेको सुचना अधिकारी पाण्डेको भनाई रहेको छ । उहाँले भन्नुभयो आज काठमाण्डौ देखि प्राबिधिकको टोली जुम्लामा बिमान मर्मत गर्नको लागी जुम्ला पुगेको सुनाउनुभयो । सुचना अधिाकरी पाण्डेका अनुसार आज साँझ ५ बजे सम्म मर्मत कार्य सम्पन्न भएमा जहाज उडाउने तयारीमा रहेको सुनाउनुभयो । एक्कासी जहाजको बाँया पंखाको ब्याट्री र ईन्जीनमा समस्या आइ अबतरणका क्रममा रोकीएको सुनाउनुभयो । बिमानमा रहेका सबै यात्रुहरु शकुसल रहेको र बिमानमा कुनै पनी ठुलो क्षेती नभएको उहाँको भनाई रहेको छ । कार्यालययका सुचना अधिकारी पाण्डेले भन्नुभयो सामान र प्राविधिकको टोली जुम्ला आईसकेकाले मर्मत पछि आजै साँझ सम्म जहाज उड्ने हिमशिखर अन्लाईन जानकारी दिनुभयो । आज मर्मत कार्य सम्पन्न नभएमा भोली सम्ममा पनि मर्मत कार्य सम्पन्न गरी जहाज उडाईने उहाँले बताउनुभयो ।
Next Post

१६ जना सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा
२६ मंसिर २०८०, मंगलवार १५:०७
गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरिएको छ । यस्तै, जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज […]
सम्बन्धित समाचार
-
३१ बैशाख २०७८, शुक्रबार १५:५९
हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित
-
२७ बैशाख २०८१, बिहीबार १८:५७
ऐतिहासिक ज्युलाे जुम्लाकाे छुमचाैरमा कालिमार्सी धान राेपियाे
-
१७ आश्विन २०७८, आईतवार १२:०६
अखिल क्रान्तिकारीको अध्यक्षमा कालिकोटकी पञ्चा सिंह चयन
-
१८ फाल्गुन २०८०, शुक्रबार १७:१०
कर्णाली प्रदेशस्तरीय फुटबल उपाधी जुम्लालाई
-
१६ असार २०८२, सोमबार ०९:१६
नेपाल सुन चाँदी व्यावसायी संघ जुम्लाले पत्रकार सम्मेलन माफत ध्यानाकर्षण
-
३० मंसिर २०८०, शनिबार ०७:१६
१६ जना सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा


