नेपाल एयरलाईन्सको बिमानको बाँया पंखाको ईन्जीनमा समस्या आउदा बिमान जुम्ला एयरपोर्टमा थन्कीएको छ । नेपालगंज बाट हिजो सोमवार यात्रु ल्याएर जुम्ला आएको बिमान अबतरणका क्रममा बाँया पंखाको ईन्जीनमा समस्या आउदा बिमान थन्कीएको नेपाल नागरीक उड्यान प्राधिकरणका सुचना अधिकारी उत्शव पाण्डेले बताउनुभयो । उहाँका अनुसार नेपालगंज देखि २ जना यात्रु ल्याएर जुम्ला पुगेको नेपाल एयरलाईन्सको नाईनर बाब्रो यूनिफर्म ( ढल् ब्द्यः) को बिमानको बाँया भागमा रहेको पंखाको इन्जीनमा समस्या आउदा जुम्ला एयरपोर्टमा थन्कीएको जानकारी दिनुभयो । लाामो समय सम्म बिमान मर्मत गर्न प्रयास गर्दा पनि मर्मत कार्य नसकिएकाले थन्काउनु परेको सुचना अधिकारी पाण्डेको भनाई रहेको छ । उहाँले भन्नुभयो आज काठमाण्डौ देखि प्राबिधिकको टोली जुम्लामा बिमान मर्मत गर्नको लागी जुम्ला पुगेको सुनाउनुभयो । सुचना अधिाकरी पाण्डेका अनुसार आज साँझ ५ बजे सम्म मर्मत कार्य सम्पन्न भएमा जहाज उडाउने तयारीमा रहेको सुनाउनुभयो । एक्कासी जहाजको बाँया पंखाको ब्याट्री र ईन्जीनमा समस्या आइ अबतरणका क्रममा रोकीएको सुनाउनुभयो । बिमानमा रहेका सबै यात्रुहरु शकुसल रहेको र बिमानमा कुनै पनी ठुलो क्षेती नभएको उहाँको भनाई रहेको छ । कार्यालययका सुचना अधिकारी पाण्डेले भन्नुभयो सामान र प्राविधिकको टोली जुम्ला आईसकेकाले मर्मत पछि आजै साँझ सम्म जहाज उड्ने हिमशिखर अन्लाईन जानकारी दिनुभयो । आज मर्मत कार्य सम्पन्न नभएमा भोली सम्ममा पनि मर्मत कार्य सम्पन्न गरी जहाज उडाईने उहाँले बताउनुभयो ।
Next Post

१६ जना सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा
२६ मंसिर २०८०, मंगलवार १५:०७
गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ जना सहसचिवको सरुवा गरेको छ । बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरिएको छ । यस्तै, जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज […]
सम्बन्धित समाचार
-
२ जेष्ठ २०८३, शनिबार ०६:५६
डिएसपी रविन बाबू रेग्मीको काठमाडौं काज सरुवा
-
११ भाद्र २०८२, बुधबार ०९:४२
जुम्लाको सिजा गाउँपालिका तालाबन्दी, बजेट विनियोजनमा वडाध्यक्षको विरोध
-
२१ चैत्र २०७९, मंगलवार ०४:३६
महत्वपुर्ण कागजात हराएको सूचना
-
३ चैत्र २०८०, शनिबार २०:२८
भाेजपुरमा आगालागी हुँदा एकै परिवारका तीन बालबालिकाकाे मृत्यु
-
४ भाद्र २०८०, सोमबार १४:५४
जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान
-
२५ पुष २०८२, शुक्रबार १३:१४
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीद्वारा पदभार ग्रहणपछि तीन महत्वपूर्ण निर्णय सदर



