जुम्लामा एक युवक मृत फेला

महेश चाैलागाँई २० पुष २०८०, शुक्रबार ०५:३१

जुम्लामा एक युवकको शव फेला परेको छ। तातोपानी गाउँपालिका–४ गिडिखोला गाउँका २० वर्षीय विशाल पाण्डेको शव बिहीबार दिउँसो फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार पाण्डेको शव बिहीबार दिउँसो करिब सवा ५ बजेको समयमा सोही वडामा पर्ने गिरिखोला खेतको नहरमा भेटिएको हो।

पारिवारिक स्रोतका अनुसार विशाल घरबाट जुम्ला बजार जान्छु भनी निस्किएका थिए। बुधबार दिउँसो हिँडेका विशाल बिहीबारसम्म पनि घर नफर्केपछि खोजतलास थालिएको थियो।

खोजी गर्ने क्रममा मृतक पाण्डेका ससुरा परेकराज आचार्यले उनको शव फेला पारेका थिए। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुलिसकेको छैन।

उनको शव पोष्टमाटमका लागि जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

जुम्लाको भेरीखोलामा फोरजीसहितको टेलिफोन सेवा

२० पुष २०८०, शुक्रबार ०५:३१
तातोपानी गाउँपालिका– ७ र ८ दुर्गम भेरीखोलामा फोरजीसहित टेलिफोन सेवा सञ्चालनमा आएको छ। थलालेडाँडामा टावर सञ्चालनमा आएपछि दुर्गम भेरीखोला फोरजीसहित सञ्चार सेवाको पहुँचमा आएको हो। वर्षौँदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको हो। आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौँदेखि वञ्चित हुँदै आएको भेरीखोला क्षेत्रका नागरिक थलाले टावर सञ्चालनमा आएसँगै उत्साहित […]