कर्णाली प्रदेशलेआर्थिक बर्ष काे बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार ल्यायो

महेश चाैलागाँई २ असार २०८२, सोमबार १०:०८

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गते मध्य राति मात्र सार्वजनिक गरिएको हो।

बजेट विनियोजन विवरण अनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रहेको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको छ । कानुन अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यताले गर्दा दलहरूबीच सहमति नजुट्दा पनि अन्ततः मध्यराति बजेट ल्याउनुपरेको हो।

दिनभर दलहरूबीच चलिरहेको राजनीतिक खिचातानी र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूद्वारा बजेट बहिष्कारको चेतावनीका कारण बजेट प्रस्तुत हुने–नहुने विषयमा अन्योल देखिएको थियो। तर अन्ततः कानुनी बाध्यता पालना गर्न प्रदेश सरकारले समय सीमाभित्रै बजेट सार्वजनिक गरेको हो।

Next Post

रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी

२ असार २०८२, सोमबार १०:०८
उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको विषयमा रूटिन अफ नेपाल प्रालिका सञ्चालक भिक्टर पौडेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको ‘अदालतको अवहेलनासम्बन्धी रिट निवेदन’मा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले […]