अविरल वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्व

हिमशिखर संवाददाता १६ असार २०८२, सोमबार ०७:२२

अविरल वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।

कालिकाेटकाे गगनेखाेलामा ठुला ठुला ढुङ्गा सहितकाे पहिराे गएपछि विहान ६ बजेदेखि सडक अबरुद्व भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए । उनका अनुसार पहिराे पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएकाे छ ।

वर्षातकाे समय भएकाले सडककाे अबस्था बुझेेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुराेेध गरेकाे छ । सडक अबरुद्व भएपछि जुम्लादेखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी राेकिएका छन् ।

Next Post

गगने खाेलाकाे अबरुद्ध सुचारु जिते गाड सडक खण्डमा सास्ती

१६ असार २०८२, सोमबार ०७:२२
अविरल वर्षापछि आएकाे पहिराेले अबरुद्व कर्णाली राजमार्ग सुचारु भएको छ  । गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे  थियाे । कर्णाली राजमार्ग अन्तरगत जिते गाड मा  ठुला ढुङ्गा सहितको  पहिले  सडक अबरुद्ध भएको छ । वर्षातकाे समय भएकाले सडककाे अबस्था बुझेेर […]