दाङमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गयो

महेश चाैलागाँई २० आश्विन २०८०, शनिबार १७:५८

दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान अझै खुलेको छैन

दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ

Next Post

विद्यालयकाे निर्णय विपरित फूटबल खेलेपछि चन्दननाथका १२ जना छात्रा निस्कासित

२० आश्विन २०८०, शनिबार १७:५८
जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका छात्रा विद्यार्थीलाई स्कुलकाे निर्देशन नमानेकाे भन्दै निष्कासन गरेकाे छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर-१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे हाे। अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते […]