प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

महेश चाैलागाँई २४ भाद्र २०८२, मंगलवार १४:२३
 प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

Next Post

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

२४ भाद्र २०८२, मंगलवार १४:२३
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

सम्बन्धित समाचार