सुरक्षा निकायका पदाधिकारीलाई कस्दै सरकार, आफूखुसी नेता र राजदूत नभेट्न निर्देशन

हिमशिखर संवाददाता १४ पुष २०७९, बिहीबार १७:३७

गृह मन्त्रालयले राजनीतिक दलका नेता, कूटनीतिक नियोगहरुलाई आफूखुसी नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको हाे।

गृहले त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउन हुन तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ।

मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सो निर्देशन जारी गरेको जनाएको छ। उक्त निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ।

Next Post

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी

१४ पुष २०७९, बिहीबार १७:३७
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे । मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे […]

सम्बन्धित समाचार