गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

हिमशिखर सम्वाददाता काठमाण्डौ २८ असार २०८०, बिहीबार ११:०३

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ।

चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन्।

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।

Next Post

जुम्लाकाे पातारासीमा चट्याङ लागेर ५० भेडा–बाख्रा मरे

२८ असार २०८०, बिहीबार ११:०३
जुम्लाकाे पातारासी गाउँपालिका–२ पेरेकाे दुगाडा पाटनमा चट्याङ परि ५० भेडा–बाख्रा मरेका छन् भने ७० वटा हराएका छन्। बिहिबार दिउसो २ बजेतिर पाटन परेकाे चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेकाे पातारासी गाउँपालिका भेट्नरी शाखा जुम्ला गगन केसीले जानकारी दिएका छन्। पशु अस्पताल तथा पशु सेवा […]

सम्बन्धित समाचार