मुगु, मुगु जिल्लाको सोरु गाउँपालिका – ६ बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा आज बिहान करिब ८:३० बजेको समयमा दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।
सोरुकाेट देखि गमगढी बजार फर्किने क्रममा ग . १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जना मध्य मृत्यु हुनेमामा उक्त गाडी साहु आफै चालक रहेका सोरु गाउँपालिका -३ भिँईका नर बहादुर बुमिको घटना स्थलमै निधन भएको इलाका प्रहरी चौकी सोरुले जनाएको छ ।
इलाका प्रहरी चौकी सोरुका अनुसार उक्त गाडीको सहचालक भने गाडी व्याक गर्दा बाहिर निस्केको थिए घटना बारे प्ररहरीलाई जानकारी गराई उक्त आफै फरार भएकोले हाल सम्म उनको नाम खुल्न सकेको छैन, खोजी कार्य भैरहेको जनाएको छ ।
गाडी दुर्घटना हुनुको प्रमुख कारण सडकमा चेक वाला नहुनु र सडकका घुम्तीहरु चौडा नहुनु स्थानीय बताउँछन् ।



