‎बर्दियाको मधुवन  नगरपालिका वडा नं. ८ वालविवाह मुक्त वडा घोषणा

हिमशिखर संवाददाता २० बैशाख २०८२, शनिबार २१:१२

बर्दियाको मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएकाे  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।


‎पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ। वडामा गरिएको सर्वेक्षण अनुसार  १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

‎मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप ), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं. ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

Next Post

सम्बन्धित समाचार