वाईसीएल नेपालका अध्यक्षका १३ आकांक्षी मध्य बलियो आकांछी गणेश शाही वाईसीएलका केन्द्रिय सचिव हुन । यस्तै माओवदी केन्द्रको कर्णली प्रदेस सदस्य पनि हुन ।कालिकोटमा जन्मियका शाही लामो समय देखि सक्रिय राजनितिमा छन ।
बिद्यार्थी अवस्थामै भुमिगत भएका शाहीले युद्धअवस्थामै अर्वान गुरिल्ला देखि बटालियन कमाण्डर सम्म जिम्मेवारी सफलतापुर्वक पुरा गरे । युद्धका महत्वपुर्ण मोर्चाहरु सन्धीखर्क देखि गण्डक अभियानमा सम्म ३३ मोर्चामा रहि महत्वपूर्ण जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरे । बर्दियाको गणेशपुर घटनामा पनि शही सहभागी भएका थिए गणेशपुर घटनाको भिडियो
@thenepalesecivilwar
पार्टी शान्ती प्रक्रियामा आइसकेपछी शान्ती प्रक्रियालाई टुगाउन सेना समायोजन समितिमा बसेर पनि काम गरे । शान्ती प्रक्रिया पछी उनी वाइसियल कालिकोट जिल्लाको अध्यक्ष हुँदै कर्णालि प्रदेशको सह संयोजक र संयोजक, अध्यक्ष र इन्चार्ज हुदै वाइसियल नेपाल केन्द्रिय सचिव सम्म १४ बर्ष काम गरेर परिपक्क भएका शाही हाल वाइसियलको अध्यक्षका लागी आफ्नो बलियो दावी पेस गरिरहेकाछन ।
सहमती मै नेतृतव चयन गरेमा पनि र चुनाव भएमा पनि आफु नै अध्यक्ष बन्नेमा शाही ढुक्क रहेको स्रोतले बताएको छ । वाइसियल भित्र शाही बौद्धिक शालिन ब्यतित्व रुप चिनिन्छन। उनी अलि बिद्रोही स्वभाव छ्न ।युवाहरु माझ उनी अत्यन्तै लोकप्रिय ब्याक्तीको रुपमा स्थापित छन । माओवादी अध्यक्ष प्रचण्डको प्रिय पात्रको रुपमा चिनिन्छन ।



