जुम्लामा सुन टल्काउने २० जनाको समूह प्रहरीकाे नियन्त्रणमा

महेश चाैलागाँई १५ भाद्र २०८२, आईतवार १२:२६

जुम्लाको सिञ्जा क्षेत्रमा सुन टल्काउने २० जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना हिमा गाउँपालिका–१, बड्कीका फुलथुगा शाहीको घरमा शुक्रबार दिउँसो ११ बजे भएको हो। शाहीले जानकारी दिनु भयो, घरमा काम गरिरहेको बेला केही व्यक्तिहरु आएर उनको कानमा लगाइएको सुनको रिङ्ग कालो भएको र सफा गरिदिने भन्दै त्यसलाई टल्काएका थिए।

शाहीका अनुसार सुन टल्काइ सकेपछि उनले सुन घटेको जानकारी पाएका छन्। सुनको रिङ्ग एक तोलाको रहेको बताइएको छ। घटना पछि दिउँसो १ बजे उनका श्रीमान् बिष्णु शाही घर आएर छलफल गर्नुभयो र सुन घटेको पुष्टि भयो।

बड्की प्रहरीमा उक्त घटनासम्बन्धी निवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन बाबू रेग्मीका अनुसार घटना सम्बन्धी जानकारी पाउनासाथ २० जनालाई नियन्त्रणमा लिइएको हो। तर, घटनास्थलमा कुनै बिल नभेटिएपछि तत्काल कारबाही गर्न नमिल्ने जानकारी प्रहरीले दिएका छन्।

नायव उपरीक्षक रेग्मीले बताएअनुसार, सो टोली जिल्ला भित्रै बस्दा सुन व्यवसायमा समस्या उत्पन्न हुन सक्ने भएकाले उनीहरुलाई जिल्ला बाहिर पठाउने निर्णय गरिएको छ। नियन्त्रणमा रहेका २० जनाको टोलीलाई जुम्लाबाट कालिकोट प्रहरी कार्यालयमा जिम्मा लगाइनेछ र त्यहाँबाट अन्य जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर आवश्यक कार्यवाही गरिने तयारी भइरहेको छ।

Next Post

शिखर इन्स्योरेन्सको वाचा र किसानको पीडा : फेरि किन आन्दोलनमा स्याउ किसान?

१५ भाद्र २०८२, आईतवार १२:२६
किसानको पसिना, मिहिनेत र आशाको मूल्य सस्तो खेलौना होइन। तर विडम्बना! शिखर इन्स्योरेन्स कम्पनीले किसानसँग गरेको वाचा फेरि भत्काएको छ। साउन १२ गते ११ बुँदे लिखित सहमति गरेर किसानलाई शान्त पारेको कम्पनी, महिनै नबित्दै आफ्नो प्रतिबद्धता बिर्सियो। परिणाम? आज फेरि स्याउ किसान आन्दोलित छन्, आक्रोशित छन्, निराश छन्। त्यो दिन […]