सामान्य विवादलाई लिएर गाउँलाई सजाय दिनु कति न्यायसंगत?

महेश चाैलागाँई १६ भाद्र २०८२, सोमबार २०:४८

जुम्ला चन्दननाथ नगर पालीका मा  सामान्य विवादका कारण पूरै गाउँको विद्युत् आपूर्ति काटिएको छ।

सोमबार बिहान नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सिंह सार्कीको घरमा नयाँ मिटर जडान गर्दा विवाद सुरु भएको हो। मिटर घर भित्र राखिएको विषयमा सार्कीले प्रश्न गर्दा कर्मचारीसँग भनाभन भएको स्थानीय राजन नेपालीले बताए।

“यो सामान्य प्रश्न मात्र थियो, तर कर्मचारी रिसाएपछि झगडा झैं माहोल बन्यो,” उनले भने।

विवादपछि गाउँकै विद्युत् आपूर्ति रोकिएको छ।
“एक व्यक्तिसँगको सामान्य विवादमा पूरै गाउँलाई अन्धकारमा राख्नु अन्यायपूर्ण हो,” अर्का स्थानीय नवराज नेपालीले भने।

यो विषयमा बुझ्न खोज्दा प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहले सुरुमा फोन उठाएनन्। पछि फोनसमेत अफ गरेर सम्पर्कविहीन बसेका छन्।

Next Post

जुम्लामा ‘लाइन काटियो’ भन्ने समाचारमा प्राधिकरणको १ घण्टा पछि खण्डन

१६ भाद्र २०८२, सोमबार २०:४८
जुम्लामा सामान्य विवादका कारण सिंगो गाउँको लाइन काटिएको भन्ने समाचार बाहिरिएपछि नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) जुम्लाले त्यसको खण्डन गरेको छ। जुम्ला चन्ननाथ नगर पालीका -३ डाँडाकोटका सिंह सार्कीको घरमा प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्दा विवाद उत्पन्न भएको थियो। मिटर घर भित्र राखिएको भन्दै सार्कीले प्रश्न सोध्दा सामान्य झगडा […]