चन्दननाथ नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गर्ने चेतावनी

हिमशिखर संवाददाता २६ भाद्र २०८२, बिहीबार १०:१३

चन्दननाथ नगरपालिका वडा नम्बर ७ का सचेत नागरिक समाजले ज्ञापन पत्रमार्फत जनतामुखी काम नभएको भन्दै तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

२५ गते सचेत नागरीक समाजले गरेको नागरिक भेलाले चन्दननाथ नगरपालीका ७ मा हुने विकास निर्माणको सवालमा पक्षपात गरी नागरिकका आवश्यकतालाई बेवास्ता गर्दै आएको र समाजसँग गरिएको छल‌फलको निर्णय विपरित विकासी गतिविधि हुदै आएकोले, यिनै कुराको घोर विरोध जनाइएको हो ।

नागरिकसँग भएको छलफल अनुरुप काम नभए वडामा तालाबन्दी गर्ने सचेत नागरिक समाजका संयोजक अमृत कुमार रावलले चेतावनी दिए।

उक्त समुहले राखेका मागहरू :

१) सम्बन्धित योजनाको सार्वजनिक सुनुवाई गर्ने।
२) विकासका गतिविधिहरु समानुपातिक र न्या‌योचित हुनुपर्ने ।
३)विकासका कार्य एजेण्डा प्रक्रिया नभई उपभोक्ताद्वारा गर्ने ।
४)सार्वजनिक वन क्षेत्र भोग चलन गरेका सार्वजनिक जमिनलाई समुदायको मातहतमा ल्याई सार्वजनिक गर्ने ।
यदि यी मागहरूको सुनुवाइ नभए तालाबन्दी गर्ने चेतावनी दिएका छन ।

Next Post

देशैभरका कारागारबाट भागे १३ हजारभन्दा बढी कैदीबन्दी

२६ भाद्र २०८२, बिहीबार १०:१३
जेन–जीको प्रदर्शनपश्चात् मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका छन् । उनीहरू कारागारमा तोडफोड र आगजनी गर्दै भागेका हुन् भने कतिपय ठाउँबाट कारागार प्रशासनलाई दबाब दिएर भागेका छन् । केही ठाउँमा आफैं नजाने भन्दै कारागारमै फर्किएका छन् भने केही कैदीबन्दीलाई बुधबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएका […]