विपीन जोशीको दुई वर्षअघिको भिडियो सार्वजनिक

हिमशिखर संवाददाता २३ आश्विन २०८२, बिहीबार ०६:१८

प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको झन्डै दुई वर्षअघिको भिडियो सार्वजनिक भएको छ । हमासद्वारा सन् २०२३ को अक्टोबर ७ मा बन्धक बनाइएका विपीनको भिडियो इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले पहिलोपटक सार्वजनिक गरेको हो ।

इजरायलको रक्षा बलले बरामद गरी विपिनको परिवारलाई उपलब्ध गराएको भिडिओ अपहरणमा परेको एक महिनापछि खिचिएको विश्वास गरिएको छ । हिजो बेलुकी सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताउनुभएको छ ।

Next Post

जुम्लामा गाडीको कोलीयामा युवक मृत अवस्थामा फेला

२३ आश्विन २०८२, बिहीबार ०६:१८
जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा एक युवक गाडीको कोलीयामा मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझ करिब ८ बजेर मुगुबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र ०२००१ ख ११८० नम्बरको SML गाडीमा मुगु, छायानाथ रारा नगरपालिका–२ का चालक बसन्त तिरुवा गाडी चालक रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी जुम्लाका प्रहरी नायव उपरीक्षक रबिन […]