लेकाली युवा क्लबद्वारा तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता हुने

महेश चाैलागाँई २९ आश्विन २०८२, बुधबार २०:२१

जुम्लाकाे चन्दननाथ नगरपालिका–१० जुम्लास्थित लेकाली युवा क्लबले यस वर्ष पनि तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

शुभदिपावलीकाे अवसरमा आयोजना हुने उक्त प्रतियोगिता कार्तिक ३ गते देखि हुने क्लबले जनाएको छ। क्लबका अध्यक्ष सन्तोष खत्रीका अनुसार प्रतियोगिता श्री जनज्योति माध्यमिक विद्यालय, बार्कोटे डाँडा (भाईरल पुल, जुम्ला) मैदानमा सञ्चालन हुनेछ। इच्छुक टोलीहरूले असोज २८ गतेदेखि कार्तिक २ गते ५ बजेसम्म टिम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

प्रत्येक टिममा १२ जना खेलाडी (९ जना खेल मैदानमा रहने) रहने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क रु १०,००० निर्धारण गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले रु १२३,४५६ सहित मेडल, कप र प्रमाणपत्र, र उपविजेता टोलीले रु ५६७८९ सहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले रु ५०० पुरस्कार पाउनेछन्।


फुटबल प्रतियोगिताबाट स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सहयोग र खेलप्रतिको रुचि बढाउने उद्देश्य राखिएको आयोजक क्लबले जनाएको छ।

Next Post

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी

२९ आश्विन २०८२, बुधबार २०:२१
स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी गरेका छन्। बिमा रकम भुक्तानीमा कम्पनीले बेइमानी गरेको आरोप लगाउँदै किसानहरूले शुक्रबार बिहान शाखा कार्यालयमा तालाबन्दी गरेका हुन्। यसअघि पनि उनीहरूले लामो समयसम्म कार्यालयमा तालाबन्दी गरेका थिए। अभियान्ता हरि थापाका अनुसार किसानहरूले बिमा प्रिमियम तिरेर पनि […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।