कनकासुन्दरी माविमा तोडफोड तथा आगजनीको प्रयास

हिमशिखर संवाददाता २२ जेष्ठ २०८३, शुक्रबार २१:५७

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड तथा आगजनीको प्रयास गरेको छ।

घटनामा कम्प्युटर, ल्यापटप, सीसीटीभी, प्रोजेक्टरलगायतका डिजिटल उपकरणमा क्षति पुगेको छ भने कक्षा ११ का उत्तरपुस्तिका जलाउने प्रयास गरिएको विद्यालयले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

जुम्लामा ३८० मिलिग्राम लागूऔषध चरेस सहित चार जना पक्राउ

२२ जेष्ठ २०८३, शुक्रबार २१:५७
जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा क्षेत्रबाट बुधबार साँझ ३८० मिलिग्राम लागूऔषध चरेस र एउटा नग सहित चार जना पक्राउ परेका छन्। जुम्ला–नाग्मा सडकखण्डमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा डीएसपी चिरञ्जीवी दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा स्थानीय साईजन नेपाली, देवराज नेपाली, धनराज परियार र राजेन्द्र नेपाली रहेका […]